संजिव ओइ संजिव । छिटो गर्न ।
हजुर आमालाई toilet आइसक्यो रे क्या …..

एक घण्टा भईसक्यो , के गरेर बस्छ यो ?

बिहान बिहानै माइजु कराउदै हुनुह्नुथ्यो ।

मलाई पनि अचम्म लाग्थ्यो ।  यति सानो उमेरमा नै पाएल्स भयो कि क्या हो केटोलाई   ? – मनमनै सोचे ।

पछि पो थाहा भो । भित्र बसेर केटो त मज्जाले mobile मा गेम पो खेलेर बस्दो रहेछ ।
अनि किन नलगाओस त एक घण्टा !

यो mobile ले पनि हिजो आजका केटा केटीहरुलाई बिगारी सक्यो । यसको सहि utilize नभएर कत्तिको बानी नै खराब बसी सक्यो । जति खेर पनि हातमा mobile । किताब कापी त मुस्किलले देख्न पाईन्छ ।

संजिव – मामाको छोरो ।  कान्छो ।

बोल्न भने पछि कसैले सिकाउनु पर्दैन ।अनि जब पढ्न भन्नु पर्छ  – नेपाली पनि कनी कनी पढ्छ । यसलाई नेपाली भने कि किन गारो भएको होला ?

आज शनिबार । त्यसैले केटो खुसी छ। साथीहरु संग खेल्न जो पाईन्छ । खाना खाएर केटो त कति खेर खेल्न टाप कसी हालेछ । पर तीन चार जना मिलेर गुच्चा खेल्दै रहेछ ।

 

गुच्चा

फुच्चे, राजु- मेरा साथी । बच्चामा गुच्चा खेल्ने साथी ।  अहिले कता छ, के गर्दै छ, केहि थाहा छैन। भेट नभएको पनि लगबग १५ वर्ष हुन लागिसक्यो । सायद बाटोमा भेटियो भने पनि चिन्न गाह्रो ।

होग्य्रांग , बिच्चुली – मेरो favorite । गोजी भरी गुच्चा हुने को त सानै अर्कै। मैले पनि गोजी भरी गुच्चा लिएर छ्यांग छ्यांग गर्दै केटाहरुको अगाडी धेरै सान  देखाएको अहिले जस्तो लाग्छ ।

कहिले काही यस्तो पनि हुन्थ्यो  कि गोजी भरी गुच्चा लिएर गयो , घर फर्किदा रित्तै त कहिले एउटा गुच्चा लिएर गयो घर फर्किदा गोजी भरी। गुच्चा खेल्नलाई पनि दिमाग र कला चाही चाहिन्छ ।

एक रुपैयाको चार ओटा गुच्चा । पछि भाउ बढेर एक रुपैयाको त दुइ ओटा मात्र।अहिले त एक रुपैयाको एउटा ।

खेम मेरो school को साथी । संगै गुच्चा खेल्दै थियौ – बिच्चुली ।
ताकेर हानेको, बिच्चुली नै उडेर एउटा मान्छेको खुट्टामा गएर लाग्यो । मान्छे को अनुहार नहेरी गुच्चा लिन गएको त ,
पछि पो थाहा भो मान्छे हैन school को प्रिन्सिपल पो ।
कान समाती हाल्नु भो । खेम कता छ भनेर हेरेको त , केटो त अघि नै side लागि सके छ।

दरो गाली खाईयो । भोलि पल्ट त school जानलाई पनि डर लाग्यो ………..।

 

तपाइको छोराले मेरो साइकल बिगारेछ । एकछिन आउनु पर्यो । भर्खरको जस्तो देखिने केटोले माइजुलाई कुरा लगाउदै थियो । तेस पछि त माइजु सुरु भईहाल्नु भो छोरालाई गाली गर्न । हुन पनि यो संजिवलाई जति भने पनि नलाग्ने ।
आमाले जहिले साइकल नखेल भने पनि कहिले टेरेन ।

”जे गर्नु छ गर्नुस यो केटो लाई । म यो साइकलको खर्च दिन्न ” ( माइजु रिसाउदै)

 

साइकल

 

श्रीराम र म – शनिबार भए कि पाच पाच रुपैया जम्मा गर्यो अनि गयो साइकल खेल्न भाडामा ।
कुमारी गालको साइकल पसल मा ।
पाच रुपैयाको आधा घण्टा अनि दस रुपैयाको एक घण्टा ।
कहिले काही त  हामी सुन्दरीजलसम्म पनि पुगेर आयौ ।

एक दिन साइकल पसल दाई मलाई खोज्दै मेरो घरसम्म आइपुगे छ ।
मेरो साथीले साइकल लगेर फिर्ता गरेन रे ।
कसले चाही लगेछ । एकछिन त अल्लमल्ल परे । जाने त श्रीराम र म मात्र हो ।
श्रीराम ले त तेसो गर्न नपर्ने -मनमनै सोचे ।

श्रीराम को घरमा लगेर गए । पछि श्रीरामले भने पछि पो थाहा पो यो त अभिषेकको काम पो रहेछ । अभिषेक र उसको दाईले साइकल भाडामा लगेर घर पो लगेछ । हाम्रो मात्र नाम खराब ……………….।

 

संजिव mobile खेल्दै थियो ।

यसो हेरेको – clash of clan । five क्लासमा पढ्ने फुच्चे, clash of clan तेइ पनि level ७ ।

सकिएन……।
नेपाली को एउटा शब्द भन्न भन्दा कनी कनी भन्ने फुच्चे ।

अहिलेका बच्चाहरु technology मा कति अगाडी । mobile , laptop हामीलाई भन्दा उनीहरुलाई सबै थाहा छ ।

 

Gadgets 

Mobile त मैले SLC पास गरे पछि मात्र चलाउन पाए । तेइ पनि स्क्रीन touch होर ?
नोकिया ३२०० , त्यो बेलाको हीरो , अहिले पो जीरो ।

झन् laptop त bachelor पढदा ।अहिले त school जाने ८,९ संग पनि Mobile , laptop ।

अहिलेका बच्चाहरु lucky नै मान्नु पर्छ ।

हाम्रो पालामा यस्तो Mobile मा क्यामेरा कहाँ थियो र ।

kodak को कालो क्यामेरा , रिल हाल्यो, खिच्यो अनि धुलाउन दियो ।

फोटो एक दिन पछि मात्र ।

फेरी हाम्रो बेलामा hi5 , hotmail , yahoo को चलन थियो । yahoo मा account खोल्नेको धाक नै अर्को । cyber गएर आएको भने पछि त फुर्ति नै बेग्लै ।  यो facebook को जन्म नै भएको थिएन ।

अहिले पो सेल्फी लियो अनि facebook मा पोस्ट गरेकी २००, ३०० likes ।
आफ्नो भने ५० likes पनि मुस्किलले ।

 

 

Advertisements

Published by Niraj Thapa Magar

An Engineering management post-grad specialized in strategic innovation and passionate about social innovation to create a positive impact in the society. As a chairperson of Social innovation Club of CQuniversity, Sydney and with two and half year experienced as an electrical engineer in telecommunication, he has built up an innovative mindset with passionate heart to create a better world for tomorrow. According to him, life is all about being happy and making other happy.

Leave a comment

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

%d bloggers like this: